Sunday, 18 July 2021

हेमन्त बुढा मगरको गजल भाग -०८ पढेर सेयर पनि गर्दिनु होला है

मेरो केही लाग्दैन यदि तिम्रो जित आफै तिर पारे भने 
कसको के नै लाग्छ र यदि तिमी सामु म हारे भने 

पिरतीमा मौनता र मायामा हरेक मान्छे पागल हुन्छ भन्थे 
मलाई ज्यूँदै मरेतुल्य बनाई अन्यौलमा पारी यदि तिमीले माया मारे भने 

सपनीमा रजनी भिजाउने कति छन् यो मानसपटलमा 
पर्खि बसे नयनले अनकन्टार बाटो भरि यदि अर्कैलाई खोली तारे भने 

भन्नेले त भने चोखो माया साँचो यथार्तता हुन्छ भनेर यहाँ 
कहाँ कुन दुनियाँमा खोज्न जाउँ यदि अनत बसाई सारे भने ।
             हेमन्त बुढा मगर



Monday, 5 July 2021

हेमन्त बुढा मगरको गजल (मञ्च) भाग - ८ सुनछहरी गाउँपालिका

हिउँको खोल ओढेर सदाझैं हाँस्ने जलजला तिमी ,
अटुट सप्तरङ्गी फूलहरूसँग अजम्बरी बाँच्ने जलजला तिमी ।

निखारिदै जानु तिखारिदै जानु एकपल सम्झनाका लहरहरु 
त्यही पहाडलाई आत्मसात गरेर  छातीमा टाँस्ने जलजला तिमी 

सुन्दर त्यो मनोदृष्य भित्र अनेकौं मौलाएका पुस्पहरुसंग,
हातेमालो गर्दै हजारौं तिर्थ यात्रासँगै मितेरी गाँस्ने जलजला तिमी ।

चिसो सिरेताको बीचमा बरफ जम्ने सेताम्य अटल पहाडहरू 
बिहानीको झुल्के घामको किरणमा बुकी जाँच्ने जलजला तिमी 
              
          हेमन्त बुढा मगर 
      सुनछहरी ७ रोल्पा


Wednesday, 30 June 2021

गजल मञ्च / हेमन्त बुढा मगर /Hemant Budha Magar

                  गजल मञ्च

कसैको दबाब मै बस्नु पर्यो के भयौ यो देशमा अचेल 
काम कै लागि बाध्यतामा जानु पर्यो  विदेशमा अचेल 

घुसखोरी र अन्यायले बिगार्नु बिगारी सक्यो
बेरोजगारी भएर पाइला सार्नु पार्यौ प्रदेशमा अचेल 

काम र मामकै लागि मरिमेट्टि खती नै पर्यो 
केही नपाएर छटपटिन  पर्यो विवशताले स्वदेशमा अचेल 

उहिलेका पुर्खाहरूले नुनपानी  सबै बोकेकै  थियो 
त्यही पाएको दुःखकष्ट कता गए मदेशमा अचेल

हेमन्त बुढा मगर सुनछहरी रोल्पा
Motherland Jelbang फेसवुक Click here

Hemant Budha Magar


Friday, 25 June 2021

H e m a n t B u d h a M a g a r को मन छुने गजल [ G a j a l ] मन परेमा सेयर गर्नुहोला

 H E M A N T  B U D H A  M A G A R .

              गजल [ G A J A L ]


कुन सन्देश दिऊ तिमीलाई बेखबरमा छु आज 
मलाई खोज्दै नहिडनु म पराईको शहरमा छु आज

आफुले भने जस्तो कहीं छैन जिन्दगीमा यहाँ 
समय परिस्थितीले दोर्याएर म कसैको करमा छु आज

अन्यासै फुल फुल्छ अन्जान मै भासना आउँछ जीवन‌मा
ब्यार्थैमा माया लगाइयो धोका पाइयो अझै सम्म दरमा छु आज 

गन्तव्यको कुनै ठेगाना नै छैन धर्तीको पैदल यात्री मान्छे
 मेरो त आसै नगर्नु वालुवा खेल्ने बगरमा छु आज 

                           हेमन्त बुढा मगर 
                     सुनछाहरी गाउँपालिका रोल्पा
Motherland jelbang Facebook linkClick Here...

हेमन्त बुढा मगर


Tuesday, 22 June 2021

तपाईं फेसबुक पेज बनाएर पैसा कमाउन चाहनुहुन्छ । आउनुहोस यहाँ सबैकुरा थाहा पाउनको लागि

 यहाँ मैले तपाईंहरू लाई step by step फेसबुक सम्बन्धि जानकारी दिन गइरहेको छु ,


फेसवुक पेज बनाएर पैसा कमाउन चाहनु भएको छ ।तर त्यस सम्बन्धी कुनै जानकारी छैन भने  पहिला यहां हामीले फेसबुक पेज खोल्न सिकौ । कसरी खोल्ने सबै जानकारी यहाँ तल दिएको छु  यसको लागि यहाँ दिएको लिंकमा क्लिक गर्नुहोस् ।



Created FB Page Click Here 


तपाईं बिजी हुनुहुन्छ तपाईंले मेसेज हरुको रिप्लाई दिन सकिरहनु भएको छैन । तपाईंको पेजमा धेरै मेसेज हरु आइरहेको छ भने तपाईंले अटो रिप्लाई मेसेज automatic Message रिप्लाई सेट गर्न सक्नुहुनेछ तेस्को लागि यहाँ तल दिएको लिंकमा क्लिक गर्नुहोस् 


Message Auto Reply Click Here...

फेसवुक पेज बनाइसकेपछि प्रोफाईल फोटो र कभर फोटोहरु त्यस पेजमा कसरी लगाउने । त्यसको बारेमा पुरा जानकारी यहाँ तल दिएको छु । यहाँ तल दिएको लिंकमा क्लिक गरेर मेरो च्यानलमा जानु होला ।


पेजमा प्रोफाइल फोटो र कभर फोटो लगाउने तरिका / page cover photo/profile photo add Click Here..

अब यहाँबाट तपाईंले सजिलै सँग तपाईंको पेज monetize हुन्न को लागि कति समय लाग्छ अथवा केके कुराहरू पूरा गर्नु पर्नेछ सबै कुराहरूको जानकारी लिन सक्नुहुनेछ। यसको लागि यहाँ तल दिएको लिंकमा Click गर्नुहोस् 


Monetization eligibility check Click Here....


अब तपाईंले आफ्नो फेसबुक पेजमा अपलोड गरेको भिडियो हरूलाइ Playlist गरेर राख्न पनि सक्नुहुनेछ । तपाईंले के सम्बन्धि भिडियोहरू बनाएर राख्नु भएको छ त्यो सबै Playlist बनाएर राख्नको लागि यहाँ तल दिएको लिंक मा click गर्नु होला ।



फेसबुक Playlist create Click Here....


यहाँ बाट अब तपाईंले आफ्नो पेजमा अपलोड गर्नुभएको भिडियोहरुमा टाइटल description Thumbnails Tag सजिलै संग लगाउन सक्नुहुनेछ । तपाईं ले अपलोड गर्नु भएको भिडियोहरुमा कुनै पनि बेला आफ्नो इच्छअनुसार टाइटल description Thumbnails Tag हरु परिबर्तन गर्न सक्नुहुन्छ तेस्को लागि यहाँ तल दिएको लिंकमा जानुहोस्। 


FB Page video Title Description,Tag Thumbnails change click Here..


साथै यस्तै अन्य थुप्रै जानकारीहरुको लागि मलाई यहाँ तल दिएको  सोसियल मिडिया हरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

 My YouTube- SUBSCRIBE ME,

Facebook- Follow Me

Page- Follow Me

Instagram- Follow Me

Twitter-Follow Me

TikTok-Follow Me

Dailymotion- Follow Me

Blogspot- Visit Here..

हेमन्त बुढा मगर को समय सान्दर्भिक गजल | Hemant Budha Magar | नेपाली गजल मन परे सेयर पनि गर्नु होला

 गजल [ Gajal]



नेपालमा शासन चलाउनेहरू आज किन छुटे सरकार ? 
कोरोनाको बाहना बनाई सारा देश किन लुटे सरकार ?

एकले अर्को पार्टीलाई थिचोमिचो गर्ने कस्तो अनाडी 
सोझा जन्ता भिडाएर काटमार गरेर आफै फुटे सरकार ?

युद्ध जित्नको लागि अन्तिम सम्म टिकेर लडनु पर्छ यहाँ 
कालो बजारी र भ्रष्टाचारी ले नपुगेर आज किन टुटे सरकार ?

दुनियाँको शरम र पसिनामा राष्ट्रका ब्वाँसोहरु कति मोटाउने 
 गरीब अस्तित्वमा खेलबाद गरेर इमानलाई किन निमुठे सरकार ?

                                 हेमन्त बुढा मगर 
                          सुनछहरी गाउँ पालिका

Hemant Budha Magar








Hemant Budha Magar

Hemant Budha Magar


Sunday, 7 February 2021

हेमन्त बुढा मगरको 3 गजलहरू || Hemant Budha Magar || मन परेमा सेयर गर्नु है

        [भाग -1 ]
हेमन्त बुढा मगर/ Hemant Budha Magar

सत्ताको कुर्सीमा बसेर भ्रष्टचार गर्नु थियो भने आस दिलायौ  किन ?
युद्ध मोर्चामा देशका लागि अमर सिपाहीलाई अन्यासै माटोमा मिलायौ किन ?

मुक्तिका लागि खातिर शोषक सामन्तवाद अनि दलालहरुको बिरोधमा 
जिन्दगीको कठोर रण मैदानमा लडढा दुनियाँलाई आँसु पिलायौ किन ?

 बोलेको र निलेको प्रयासमा त सगरमाथा चुम्छु भन्ने आँट भएपनि वास्तवमा ।         
आजको दिनमा नेता मोटाउने र गरिब जनता लाई फालेको ढङ्गुर  खिलायौ किन ?

राजतन्त्र र गणतन्त्र खै कता गए स्वयम् लाल रक्षक लाई थाहा छैन       
त्यो थोत्रो भाषणमा त स्वीजरल्याण्ड बनाउछु भनेर आज आफै विलायौ किन ?

                    [ भाग -2  ]
 कस्तो अचम्मको जमाना आयो रुपमै ओइली झर्ने अचेल 
कस्तो अचम्मको कोरोना रोग आयो विश्व भरी मर्ने अचेल 

देशमा महङ्गी र कालो बजारी ले सीमा नाघिसक्यो 
गरिब जनताहरूले सधैँ साँझ बिहान हात मुख जोड्नु पर्ने अचेल 

कोभिड १९ ले गर्दा बाध्यताले घर भित्रै निस्सासिएर बस्नु पर्ने 
यदि गाउँ समाज डुल्दै हिँड्यो भने दुनियालाई सरुवा सर्ने अचेल
 
सधैँ बन्दले गर्दा शोक भोकले तिर्खाले हामी काकाकुल हुनेछौ 
खोला पार खोला वार सिमाले छुट्याउँदा पनि खोली तर्ने अचेल ।
                      
                 [   भाग -3   ]
द्वन्डकालीन मोर्चाले छेद विच्छेद भएकाे कहाँ गयौ रोल्पा अचेल
नेताहरूले फर्केर हेर्दैनन् हालत के भयौं रोल्पा अचेल

दश बर्षे युद्धले सारा रोल्पाली को काख रितियो सिउँदो पुछियो
जनआन्दोलन र क्रान्ति ले कसैलाई नछोडी मन छोयौ अचेल

सहिदका सपना नै साकार थिएन त्यो इतिहासले नसम्झदा
विगतलाई स्मरण गरेर छातीमा चहराएका घाउ कति रोयौ रोल्पा अचेल

जनता बिचमा लडाउनु सम्म लडाए र काटमार पनि गरे
विजयको लाल झण्डा कहिल्यै फहराएन के पायौ रोल्पा अचेल      
                         लेखक - हेमन्त बुढा मगर
            लुम्बिनी प्रदेश सुनछहरी 7 जेलबाङ                                                                                                                                                                                                                     
Hemant Budha Magar

         
         Watch Videos here                                                                        
                                                                                     स्थान :- राप्ती पारिको भेरी गंगाको किनारमा
हेमन्त बुढा मगर                                                              

मेरो गजल हरु कस्तो लाग्यो कमेन्ट गर्दिनु होला तपाइहरुलाइ मन परेमा सेयर पनि गर्दिनु होला। अझै यस्तै धेरै गजल हरु लिएर आउने छु। तपाइहरुले साथ् सपोर्ट गर्दै गर्नु होला। हेमन्त बुढा मगर रोल्पा 

हो तिमीले गर्न सक्छौं || तपाईंको सफलता अरूको विचारमा निर्भर हुन सक्दैन ।sunil magar

यदि तपाईं एउटा Business म्यान हुनुहुन्छ भने, तपाईंलाई थाहा छ कि तपाईंको सफलता अरूको विचारमा निर्भर हुन सक्दैन। हावा जस्तै, विचारहरू परिवर्तन हुन्छन् ... मौसम जस्तै, विचारहरू बारम्बार परिवर्तन हुन्छन्। कुनै पनि प्रयासमा सफल हुनको लागि तपाईले अध्ययन मै रहनु पर्छ ...चाहिँ जुनसुकै खर्च लागे पनि! यहां केही सुझाव सल्लाह हरु छन् यसले तपाईंको यात्रा मा सहयोग पूर्याउनेछन् ।

You Can Do/ तिमीले गर्न सक्छौं



नकारात्मकताबाट जोगिनुहोस्। हाम्रो परिपरी धेरै नराम्रा मानिसहरु छन् । तीनिहरु हाम्रा नजिकैको आफन्तजन साथीभाइ इष्टमित्र साथी प्रियजन हरु नै हुन् सक्छन् । प्राय जसो, यस्ता साथीभाइ आफन्तजन नराम्रा विचारबाट ग्रसित हुन्छन। जसकारण यस्ता कुराहरूले तपाईंको यात्रालाई धेरै असर पार्न सक्दछ।उहाहरुले तपाईंलाई कहिले पनि चिन्दैनन अथवा बुझ्दैनन्। तपाईंको बारेमा उनीहरूको नकरात्मक भाव मात्र पैदा हुन्छ ।र तपाईंलाई अगाडि बढ्न दिदैनन। त्यसैले यस्ता नकारात्मक सोच र विचार भएका साथीभाइ र आफन्तहरू बाट टाढा रहनुहोस् ।

  तपाईंसँग नजिकिन खोज्नेहरु धेरै हुनेछन् , तपाईंको बारेमा राम्रा नराम्रा कुराहरू गर्नेछन् आलोचना हरूलाइ जहिले पनि स्वीकार गर्नुहोस्, नकरात्मक चीज हरु बाट कहिले पनि नबाग्नुस, थाहा छ त्यस्ता नराम्रा कुराहरूले तपाईंलाई तनाव गराउँछ तर त्यही नकरात्मक कुराहरूले तपाईंलाई अगाडि बढ्ने हौसला प्रदान गर्नेछ ।

  
 आफैलाई सधैं बलियो बनाउनुहोस्, अहँ, मेरो मतलब यो होइन कि तपाईंले आफूलाई गर्वका साथ फुकाउनु नै हो, बरु आफैलाई प्रोत्साहन दिएर तपाईं सबैभन्दा राम्रो प्रोत्साहनको स्रोत हुन सक्नुहुन्छ। तपाईं यो कसरी गर्न सक्नुहुन्छ? अन्य व्यापारी / सफल व्यक्तिहरूको बारेमा पढ्नुहोस् । जुन तपाईं भन्दा अघि गएका छन्। अहिलेका मानिसहरूका सफलताहरूका कथाहरू जो " गरीब बाट धनी" मा पुगेका छन् [वा साधारण माध्यमबाट ठूलो प्रभावमा] ओप्राह विन्फ्रे, मार्था स्टीवर्ट, र बिल गेट्स जस्ता व्यक्तित्वहरू सामेल छन्। हिजोका सफलताका कथाहरू असंख्य छन् र यसमा समावेश छन्: थॉमस एडिसन, ह्यारी एस ट्रुम्यान, र अब्राहम लिंकन।
   
विगतका दिनहरूको बारेमा सोच्नुहोस्। यदि तपाईंले आफूलाई डगमगाउनु भयो भने, ती चीजहरू सम्झनुहोस् जुन तपाईंलाई "विश्वासको कदम" पहिलो स्थानमा लिनको लागि प्रोत्साहित गर्‍यो। याद गर्नुहोस् । यो सफल हुन के गर्नुपर्छ। अनुशासन, आत्मविश्वास, स्वतन्त्रता, कडा परिश्रम, त्याग, आदि। प्रत्याशित परिणामहरूको लागि तत्पर रहनुहोस्: राम्रो आय, स्वतन्त्रता, तपाईंले प्रेम गरेको काम, आदि। अन्तमा, तपाईंले राम्रो नराम्रो काम गर्नुभएको याद गर्नुहोस्। ... आफैलाई त्यहाँ फेरि काम कल्पना गर्नुहोस्। तपाइँलाई उत्प्रेरित गर्ने motivat गर्ने कुराहरू छन् भने जे पनि गर्न तयार हुनुहोस् अथवा गर्नुहोस्। 
सुनिल मगर 

त्यसैले , नकारात्मक विचारहरू फ्याँक्नुहोस् र राम्रा सकरात्मक कुराहरूलाई अँगाल्नुहोस् जुन उत्थानकारी, प्रेरणादायक, प्रोत्साहनदायी, न्यानो, मैत्री, र सहयोगी छ। तपाईं ठूला चीजहरू प्राप्त गर्न सही बाटोमा अथवा ट्र्याकमा हुनुहुन्छ । जबसम्म तपाईं आफैंलाई अरूको नकारात्मक शब्दहरू बाट नराम्रो हुन दिनुहुन्न तब सम्म ।
       सुनिल मगर 
       लुम्बिनी प्रदेश सुनछहरी 7 जेलबाङ
       हाल - बिरामी ठाउँ मलेसिया 

Thursday, 21 January 2021

सम्बन्धहरू खुशी बनाउने सजिलो उपायहरू | Easy Ways to Make Relationships Happy /sunil magar

सम्बन्धहरू खुशी बनाउने सजिलो उपायहरू


के तपाईंले कहिल्यै आफ्नो सम्बन्ध लामो समयसम्म बचाउनको लागि कुनै जादू भएको सपना देख्नुभएको छ?  यदि त्यहाँ कुनै एउटा सम्बन्ध चमत्कार छ,भने तपाईंको प्रेमको वरिपरि  कुनै दु: ख हुनेछ।  वा यो केवल यो हो कि, केही व्यक्तिहरूले आफ्ना हजुरबा हजुरआमा वा अन्य आफन्तहरू वा साथीहरूबाट सफलताको रहस्यहरू सिक्छन्।  किनभने उहाहरुले लामो समयसम्म आफ्नो सम्बन्ध रमाइलो तरिकाले चलाएर आएका हुन्छन् । यहाँ केहि प्रयास गरिएका र सही सल्लाहहरू छन् । जुन मानिसहरूले लामो समय सम्बन्धहरूको आनन्द लिएका हुन्छन ।

Happy relationship

मिति-  एक अर्कामा डेटिङ जानुहोस् । एक अर्काको ख्याल राख्नुहोस् ।  यदि तपाईंहरू दुवैजना एकदमै व्यस्त हुनुहुन्छ भने पनि, साँझको समयमा समय मिलाएर भेट्नुहोस्,। जस्तै तपाईंहरुको मनपर्ने कुराहरू  (यसमा रेकर्ड गर्नुहोस्) सँगै हेर्नुहोस् वा कुनै मन पर्ने खेल भए सँगै खेल्नुहोस्।


 ठाउँ: एक अर्कालाई केहि ठाउँ दिनुहोस्। तपाइँ एक अर्कालाई  विश्वास गर्नुहुन्छ  कि गर्नुहुन्न। यद्यपि, जीवनको साथ अघि बढ्नुहोस्।  मानिसहरूलाई आफ्नो जीवनसाथी र अन्य साथीहरूसँग अलग अलग समय चाहिन्छ।  निश्चित गर्नुहोस् र आफ्नो  जीवन साथीलाई पनि समय दिनुहोस् र आफूले पनि आफ्नो साथीभाईहरुको लागि पनि समय  लिनुहोस्।
 

 बिर्सनुहोस्: "सँधै" कुनै पुरानो समयमा भएका खराब कुराहरू याद गर्नु पर्दैन।  विगत का कुराहरूलाई सधैंको लागि "बिर्सनुहोस्"।  कुनै पनि गल्तीको सधैं अगाडि मागि माग्ने बानी बसाल्नुहोस्। सधैं आफ्नो गल्तीलाई लुकाउने कोसिस नगर्नुहोस् ।
 
 रमाईलो:  आफ्नो जीवन साथीले सधैं डेटिङमा रमाइलो गर्न खोज्दछन्, त्यसपछि विवाह गर्नुहोस् र धेरै गम्भीर बन्नुहोस् ।  हल्का। क्लबहरुमा जानुहोस्  र कुनै अन्य खेलहरूमा सामेल हुनुहोस्। 
 

 असहमत: सहमत हुनुहोस् कि केहि कुराहरूमा असहमत हुन ठीक छ, र त्यसलाई छोड्नुहोस्।  तपाईहरु दुबैलाई खुशी पार्न नयाँ धर्म वा राजनैतिक आन्दोलन सिर्जना गर्नुपर्दैन।  तपाइँ सबै कुरामा सहमत हुनुपर्दैन।  र तपाइँ गर्नुहुन्न। त्यो ठीक छ।
 
 रिफ्रेस गर्नुहोस्: पहिलाका दिनहरू लाई फर्केर हेर्नुहोस्, तपाईंको पुराना यादहरुलाई ताजा बनाउनुहोस्।  तपाईंहरुले सँगै के लिएर आएका थियौं याद गर्नुहोस्।  विशेष गरी जब अप्ठेरा हरु कठिन हुन्छन्, पुराना दिनहरूलाई सम्झिनुहोस् । र यी पुराना दिनको सम्झनाहरूमा भरोसा गर्नुहोस् ।

 
 पुराना यादहरु : केहि सँगै बनाउनुहोस्।  विशेष क्षणहरू, विशेष वार्षिकोत्सव मिति र दिनहरूहरूको आनन्द लिनुहोस्।  चिन्तित हुनु आवश्यक छैन।  उदाहरण को लागी, तपाईले एक वर्ष अगाडिको  दिन तातो हावामा  बेलुन दौड गरेको दिन लाई सम्झेर रमाईलो  गर्नुहोस् ।  अर्को वर्ष, तपाइँ यसलाई फेरि हेर्नको लागि समय तालिकामा राख्न सक्नुहुन्छ।  यसलाई वार्षिक घटना बनाउनुहोस्।  यसमा बेलुनहरू सहित पोष्टकार्डहरू स Collect गर्नुहोस्,। पोष्टरहरु बनाएर  तास्नुहोस् ... समयको साथ यो विषयवस्तु बन्छ।
 
 अब यी साधारण विचारहरु को साथ शुरू गर्नुहोस् तपाईको विशेष व्यक्तिसँग लामो सम्बन्ध राख्न।  सबै भन्दा महत्त्वपूर्ण, दम्पतीहरू खुशीसँग सँगै रहन सक्छन् किनकि उनीहरूले एक अर्कालाई बुझ्छन् र बिश्वास पनि गर्छन्।
                     सुनिल मगर
                     सुनछहरी 7 जेलबाङ 
                     हाल - मलेसिया

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा  Full video link 👇 YouTube ( Sunil Vlogs2) https://youtu.be/8oi_V...