Saturday, 1 August 2020

मुना बान्तवा राईको भाग्य लेख्ने मसी

 लामो समयदेखी साहित्यमा कलम चलाइरहेकी मुना बान्तावा राईको भाग्य लेख्ने मसी बोलको म्युजिक भिडियो हिजो सार्वजनिक भएको छ ।


वैदेशिक रोजगारको क्रममा हाल ओमानमा रहेकी मुना वान्तावा दिदीले तपाईं हामी सामु एउटा अत्यन्तै राम्रो गीत बजारमा लिएर आउनु भएको छ उहाको गीतलाई सबैले हेरेर सेयर लाइक कमेन्ट गर्दिनु होला । सो गीतमा मिलन बम्जनको स्वर रहेको छ भने सङ्गीत देवेश राईको रहेको छ । पछिल्लो समयका नयाँ पुस्ताले माया पिरतीमा भोग्नु परेको पीडालाई प्रेम कथामा उतारिएको सो म्युजिक भिडियोमा अभिनय मोडल सुरज तामाङ, सोभा थापा र होम रोक्काले गरेका छन् । यो गीतलाई बजारमा मिरर लाइट प्रोडोक्सनले बजारमा ल्याएको हो ।
सो गीतको निर्देशन, सम्पादन र छायांकन देवेन्द्र पुनले गरेका छन् । सुनसरीमा जन्मेकी मुनाले गीतका अलवा गजल र कवितामा पनि निरन्तर कलम चलाउदै आएकी छिन् ।
यसअघि पनि उनको गीतहरु रेकर्ड भैसकेका छन् भने, विभिन्न पत्रपत्रिकामा विविध विधाका रचनाहरु प्रकाशित भइसकेका छन् । सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै गीतबारे गीतकार मुना भन्छिन् “मैले अहिलेको युवा पिढीले गर्ने माया र पिरतीको प्रसङ्गलाई उठान गरेकी छु । यो गीत सबैले सुनेर कन्जुस्याइँ नगरी प्रतिक्रिया दिनुभयो भने म आफ्ना कमजोरीहरु सुधार्ने मौका पाउँछु । जसले गर्दा लेखनमा म निखारिन सक्छु ।त्यसैले सबैजनाले उहाको गीत लाई हेरेर आफ्नो विचार हरु कमेन्ट मार्फत दिनुहोला ।एउटा उदाउँदो कलाकार लाई हामी सबैले साथ रा सहयोग गरौं।

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा  Full video link 👇 YouTube ( Sunil Vlogs2) https://youtu.be/8oi_V...