*बितेका अविस्मरणीय जीवनका अनौठा पलहरु........
म कसरी सम्बोधन गरु रित्तो छन
यी खाली पानामा रमाइरहेका हातहरु
म उसैलाई कसरी निष्ठुरी भन्न सक्छु
हिजोका दिन पनि आज जस्तै लाग्ने
निदरी मै नाच्ने त्यो न्यानो साथहरु.............../
खै कहाँबाट सुरु गरुँ कसरी लेखुँ कसरी फोड्नु यी मेरा अगाडि कठोर पर्खाल झै उभिएका जन्जिरलाइ सायद तोडेरै फोडेरै छोड्नेछु, फलाम जस्तै त्यो तातिएको रापलाइ पनि ज्वालामुखी विस्फोट भए झै विस्फोटन बनाउनको लागि दुई चार शब्द भए पनि यी सेतो धर्ती जस्तै लाग्ने अनि त्यो निलो कन्चन आकाशको छानोमा निलो मसीको सहयोगले यो खाली कापीको मध्य भागमा लेख्ने प्रयास गरिरहेको छु ,।
कृपया यसमा अयोग्य नै भएपनी तपाईंहरुले सकेसम्म मिलाएर पढी दिनुहोला ।
मेरो जीवन संघर्ष यहाबाट यसरी गरे सुरु जब म यो पृथ्वीको कुनै भु-भाग वा कुनामा मेरो जन्म भयो र बुवा आमाको कोखबाट जन्मिए पनि म त्यही बेलाको बिषम परिस्थिति अनुसार नाबालक नै थिए ।सानो छँदा मेरै गाउँ पाखा पखेरा, कुना कन्दरा, डाँडा काँडा, भन्जयाङ, चौतारी सँग लडीबुडी खेल्दै प्यारो बुवा आमाको काखमा प्रकृति को आडम्ब साहसले विस्तारै हुर्किदै गए ।अनि त्यही हुर्किदै - हुर्किदै जाने क्रममा मेरै गाउँको नजिकैको प्राथमिक स्कुलमा बुवा आमाले स्कुल भर्ना गर्दिनु भयो । म प्रत्येक वर्ष साथीहरुसँग पढ्दै र खेल्दै जाने क्रममा म कति पनि कलासमा पढ्ने बेलामा एक कक्षामा पनि हन्डर अर्थात् कही पनि फेल नभएर प्रत्येक कलास मा पास हुँदै गए । अनि पढदा पढ्दै कति चाडै पाँच कलास सम्मको बसन्त पनि पार गरियो । म त्यही गाउँबाट पाँच कलास पास गरेर मेरो गाउँ देखि करिब एक / डेढ घण्टाको बाटो पार गरेर श्री रोलबाङ मा.वि. जेलबाङ मा भर्ना हुन गए।
![]() |
| इन्डियाको गिरीजा मैदानमा |
त्यहाँ पनि जे जस्तो भएपनि दुई वर्ष पढेर अथवा सात कलास पास गरेर म फेरि समयको रफतार सँगै मेरा कलिला मुनाहरु पनि छिप्पिँदै गयो। म श्री रोल्बाङ मा.वि.जेलबाङ को स्कूलबाट सात पासको सर्टिफिकेट निकालेर मन मुटुमा आधी हुरी बोकेर बुवा आमा बाट फेरि म पश्चिम तर्फतिर बगेर पूर्वी श्री बराह क्षेत्र उच्च मा.वि. मा अध्यनको शिलशिलामा बडाचौर तर्फ लागे ।त्यहा गएपछि आठ कलासमा भर्ना गरिदिनुभयो , त्यहाँका स्कूलका शिक्षकहरुले, म एकदमै खुशी भए । नयाँ- नयाँ साथी संगीहरुसँग घुलमिल र परिचित हुन् पाए । जिन्दगीमा कतिपय कुराहरू , रमाइलो हुन्छ नै तैपनि विद्यार्थी जीवनमा सबभन्दा कमजोरी पक्ष भनेको आर्थिक अबस्था हो। म त्यहाँ जसोतसो आठ पास गरे ।अनि त्यही विद्यालय बाट आठ पास गरे । म फेरि आठ पासको सर्टिफिकेट निकालेर सुलिचौर को सूर्योदय मा.वि.मा भर्ना भए।त्यहा पनि जेनतेन पढाइ चलिरहेकै थियो।पढ्दै जाँदा कहिले सुख कहिले दुःख सँग जिन्दगी आत्मसात गर्दा गर्दै नौं पास पनि गरिसक्यो ।त्यसपछि दश कलासमा पनि त्यहि सुलिचौर को सूर्योदय मा.वि.मा नै पढ्ने अवसर पाए ।
त्यही पढ्दै जाने बेलामा खै कहाँबाट कसरी लपनछपन भइयो ।त्यो सायद मलाई पनि त्यति पत्याउरो चाहिँ नहोला ।आखिर वास्तवमा आफ्नो भाग्यको खेल त हो ।जस्तो मैले सोचेको रोजेको थियो त्यसमा भाग्य हुँदैन ।जसलाई कहिले पनि त्यस्तो प्रेमको आभास नपाएको वा नबोलेको त्यही सँग जीवनभर को सम्बन्ध गाँसिन जान्छ।त्यही वास्तविकता मेरी प्रेमिका हो सिता बुढा मगर। जसलाई मैले जीवन भरी मन मुटुको अथाह माया सुम्पेर दुवै वैवाहिक जीवनमा परिणत भएका थियौं ।त्यसपछि समय पनि निकै अगाडि बढ्दै गयो । म विवाह गरेपछि घरको आर्थिक अभाव र चापको कारणले स्कुल पनि छोड्ने निधो गरे। र बिस्तारै आफू जस्तै लाग्ने साथीहरूबाट मनले नमान्दा - नमान्दै पनि छुट्टिनु पर्यो र बिछोडिनु पर्यो ।मैले घरको ऋण र आर्थिक कमीको कारणले जिविको पार्जन गर्नको लागि वैदेशिक रोजगारीको शिलशिलामा विदेश जाने निर्णय बनाए।
![]() |
| 2066 सालमा सुलिचौर फोटो स्टुडियो मा |
त्यसपछि लगत्तै म रोल्पाको लिवाङमा मेरो प्यारो आमासँग नागरिकता र पासपोर्ट बनाउन गए ।अनि गाउँकै एक जना साहु सँग एक लाख दश हजार ऋण निकालेर सुलिचौर को एक जना दलाल मार्फत सात समुन्द्र पारी कतार गएका थिए ।त्यतिबेला मेरो जीवन संगिनी गर्भवती थिए।मैले सुनौलो भविष्यको नयाँ सपना बोकेर आकाशीय ध्वनि वा हवाई उडान मार्फत म कतार उडे।त्यहा गएको छ महिना पछि हाम्रो प्रेमको निशानी मुटु सुशीलको जन्म भएको थियो । म किनकि एउटा छोरोको निर्वाह कर्तव्य को लागि बुवाको साइनोमा परिणत भएको थिए।म छोरो जन्मिँदा हल्का खुशी र केही बेखुसी भएको थिए ।किनभने छोरो जन्मिँदा अलि अपाङ्ग भएर जन्मियो ।त्यसको उपचारको लागि मैले ऋण खोजेर श्रीमतीलाई आमा संगै दाङ्ग र नेपालगंजको अस्पतालमा पठाए ।
![]() |
| छोराको अप्रेशन पछि 4 महिनाको हुँदा |
त्यहा पनि उपचार सफल नहुने भएपछि ,फेरि काठमाण्डौ लाने निधो गरे त्यही काठमाण्डौ मा मेरो नजिकैको आत्मिय साइनो पर्ने जुनमाया कान्सीहरु थिए।छोरालाई काठमाडौं बनेपा अस्पतालमा भर्ना गरियो र लगत्तै अप्रेशन गर्ने भयो ।अनि त्यहाँ बस्दा जुनामाया कान्सीहरुले धेरै सहयोग गर्नु भयो ।त्यो सहयोग मेरो लागि एकदमै अविष्मरणीय हुनेछ । अप्रेशन पछि पनि ६/ ६ महिनामा देखाउनुपर्ने भएकोले , जुनमाया कान्सीहरुको सहयोगमा अस्पताल लग्ने ल्याउने काम भयो ।त्यही क्रममा मेरो १६ महिनामा नै कम्पनी टुटेर घर जानु पर्ने भयो ।अनि घरतिर गए । काठमाडौं एयरपोर्ट मा मलाई लिन जुनमाया कान्सी र मेरो जीवन संगिनी बच्चा सहित एयरपोर्टमा आउनु भएको थियो ।
![]() |
| कतार बाट फर्किए पछि बहिनीहरू सँग |
![]() |
| कतार मा म |
म एकदमै मनैदेखि हर्षित र खुशी भए । काठमाडौं मेरो कान्सीहरुको घरमा दुःख सुखका खुशीहरु साटासाट गरेका थियौं ।मेरो जीवन संगिनी र छोरा सहित केही दिनपछि काठमाडौं बाट रोल्पा गएका थियौं ।
त्यसपछि दिन ,महिना ,वर्षहरू पनि लगातार बित्दै गए।फेरि त्यही समस्या आर्थिक भार भएपछि फेरि मैले घर परिवार ,बुवा - आमा मेरो जीवन संगिनी हरुसंग सल्लाह गरेर मनले नमान्दा नमान्दै विदेश जाने निर्णय गरेको थिए। श्रीमती र छोरा सहित घरबाट बुवा आमा सँग छुट्टिएर अथवा बिदा भएर काठमाडौं जुन माया कान्सीहरुको घरमा आए।अनि साउदीको विषा लगाएर जम्मा असी हजार तिरेर साउदी जाने निर्णय गरे।मेरो जीवन संगिनी र छोरालाई जुनु कान्सीहरुसंगै छोडेर आफ्नो परिवार र छोराछोरीहरुको सुनौलो भविष्यको सपनाहरु बोकेर परिवारहरूको खुशीको लागि साउदी गए ।त्यहाँ मैले तीन वर्ष जति काम गरे। त्यहा पनि काम गर्ने क्रममा त्यस्तै भयो ।
जता हेरेनी त्यस्तै त्यस्तै भो नरोऊ निरमाया संसार यस्तै भो भन्ने जस्तै भयो ।अनि त्यहा बस्दा काम गर्दा केही समस्या परेर म केही महिना जेल बसेर नेपाल आए र जीवन संगिनीहरु काठमाण्डौमा जुनु कान्सीहरु संगै हुनुहुनथ्यो।अनि केही दिनको बसाइँ पछि हामी रोल्पातिर लागे।घरमा बस्दा केही समय र वर्ष हरु त्यतिकै विते ।अलि-अलि जेनतेन गरेर कमाएको पैसा पनि सबै सकी सक्यो ।कहिले आमा बिरामी हुने, कहिले जीवन संगिनी बिरामी हुने । अस्पतालको औषधीले केही सञ्चो त बनाए तर लास्टमा आएर त्यही आर्थिक चाप भयो ।मेरो गाउँकै आफ्नै काका दाई हरुसँग इन्डियाको हिमाचल प्रदेशको किनवर भन्ने ठाउँमा गएर ६/७ महिना काम गरे ।तर केही पैसा बचाउन सकेन।त्यसपछि नेपाल फर्केर गए ।
मेरो जीवन संगिनी को पेटमा हाम्रो अर्को सन्तान हुरकिँदै थियो ।केही महिना पछि हाम्रो अर्को सन्तान छोरी प्रियाको पनि यस धर्तीमा जन्म भएको थियो ।हाम्रो छोरी छ महिनाको हुँदा अब त घरमा बसेर पनि के गर्नु छोराछोरीको भविष्यको लागि पनि सोच्नु पर्ने थियो ।
![]() |
| रोल्पाको सुलिचौर मा |
त्यसपछि दिन ,महिना ,वर्षहरू पनि लगातार बित्दै गए।फेरि त्यही समस्या आर्थिक भार भएपछि फेरि मैले घर परिवार ,बुवा - आमा मेरो जीवन संगिनी हरुसंग सल्लाह गरेर मनले नमान्दा नमान्दै विदेश जाने निर्णय गरेको थिए। श्रीमती र छोरा सहित घरबाट बुवा आमा सँग छुट्टिएर अथवा बिदा भएर काठमाडौं जुन माया कान्सीहरुको घरमा आए।अनि साउदीको विषा लगाएर जम्मा असी हजार तिरेर साउदी जाने निर्णय गरे।मेरो जीवन संगिनी र छोरालाई जुनु कान्सीहरुसंगै छोडेर आफ्नो परिवार र छोराछोरीहरुको सुनौलो भविष्यको सपनाहरु बोकेर परिवारहरूको खुशीको लागि साउदी गए ।त्यहाँ मैले तीन वर्ष जति काम गरे। त्यहा पनि काम गर्ने क्रममा त्यस्तै भयो ।
जता हेरेनी त्यस्तै त्यस्तै भो नरोऊ निरमाया संसार यस्तै भो भन्ने जस्तै भयो ।अनि त्यहा बस्दा काम गर्दा केही समस्या परेर म केही महिना जेल बसेर नेपाल आए र जीवन संगिनीहरु काठमाण्डौमा जुनु कान्सीहरु संगै हुनुहुनथ्यो।अनि केही दिनको बसाइँ पछि हामी रोल्पातिर लागे।घरमा बस्दा केही समय र वर्ष हरु त्यतिकै विते ।अलि-अलि जेनतेन गरेर कमाएको पैसा पनि सबै सकी सक्यो ।कहिले आमा बिरामी हुने, कहिले जीवन संगिनी बिरामी हुने । अस्पतालको औषधीले केही सञ्चो त बनाए तर लास्टमा आएर त्यही आर्थिक चाप भयो ।मेरो गाउँकै आफ्नै काका दाई हरुसँग इन्डियाको हिमाचल प्रदेशको किनवर भन्ने ठाउँमा गएर ६/७ महिना काम गरे ।तर केही पैसा बचाउन सकेन।त्यसपछि नेपाल फर्केर गए ।
![]() |
| इण्डिया बाट फर्केपछि बच्चा हरु संग |
मेरो जीवन संगिनी को पेटमा हाम्रो अर्को सन्तान हुरकिँदै थियो ।केही महिना पछि हाम्रो अर्को सन्तान छोरी प्रियाको पनि यस धर्तीमा जन्म भएको थियो ।हाम्रो छोरी छ महिनाको हुँदा अब त घरमा बसेर पनि के गर्नु छोराछोरीको भविष्यको लागि पनि सोच्नु पर्ने थियो ।
त्यही स्वरूप म फेरि छ महिनाको कलिलो छोरी र छोरा लाई अनि जीवन संगिनी ,जन्म दिने बुवा र आमा अनि आफू खेलेको हुर्केको गाउँघर छोडेर फेरि मलेसियाको लागि सेक्युरिटी गार्डमा एक लाख असी हजार तिरेर वि. स.२०७२ सालमा मलेसिया आएको थिए ।काम पनि राम्रै चलिरहेको थियो । म उटै मलेसियामा बस्दा ३ वर्ष जति बितेको थियो ।आफ्नै गाउँघर , समाज ,साथी संगी , घरपरिवार सम्झेर फर्किने बेला भएको थियो ।
तर जीवन सँगिनी को सल्लाह र मेरो सल्लाहले अझैं एक वर्ष थपेर बस्ने निर्णय गरेका थियौं ।त्यो वर्ष पनि बितिसक्यो ।अर्को साल कम्पनीको कारणले समयमा घर जान पाएन ।अनि म मुख निन्याउरो दुखी भएर श्रीमतीलाई सुनाए ।उनीले भनिन् ठिकै छ नि जसोतसो हामी यतातिर हेरीहल्छौं ।एक वर्ष त होनी केही चिन्ता नलिएर बस्नु भनेर सम्झाउँदा मैले पनि हुन्छ अब विदेश नफर्किने गरेर गाउँघर नेपालमै केही गरेर बसौला भनेको थिए ।तर बिचमा सपना सपना मै सिमित रह्यो ।
![]() |
| जीवन संगिनी र छोरी |
तर जीवन सँगिनी को सल्लाह र मेरो सल्लाहले अझैं एक वर्ष थपेर बस्ने निर्णय गरेका थियौं ।त्यो वर्ष पनि बितिसक्यो ।अर्को साल कम्पनीको कारणले समयमा घर जान पाएन ।अनि म मुख निन्याउरो दुखी भएर श्रीमतीलाई सुनाए ।उनीले भनिन् ठिकै छ नि जसोतसो हामी यतातिर हेरीहल्छौं ।एक वर्ष त होनी केही चिन्ता नलिएर बस्नु भनेर सम्झाउँदा मैले पनि हुन्छ अब विदेश नफर्किने गरेर गाउँघर नेपालमै केही गरेर बसौला भनेको थिए ।तर बिचमा सपना सपना मै सिमित रह्यो ।
![]() |
| घर जानको लागि तयार बनाएर राखेको सामान हरु |
हाम्रो चौध बर्षको सम्बन्ध क्षणभरमै चकनाचुर भयो । कारणवस उनीले आफ्नो भौतिक जीवन अरु कसैलाई सुम्पेकी रहेछ।मलाई एक शब्द पनि नसोधि अर्कै सँग घरजाम गर्ने निधो गरेकी रहेछिन्।दुई छोराछोरी छोडेर पराईको अँगालोमा सम्बन्ध गाँस्न पुगेकी रहेछिन् । म करिब - करिब एक महिना सम्म त धेरै चिन्ता गरे । एकान्तमा धेरै रोए ,कराए तर जति कराए रोए पनि म रोएको सुनिदिने सम्झाउने प्रदेशको ठाउँमा को नै पो छर ।मैले सके सम्म आफैले आफैलाई कन्ट्रोल गर्ने कोशिस गरे ।तर जति बिर्सने कोशिस गरेपनि निष्ठुरी जीवन संगिनिलाई कहा बिर्सन सकिन्छ र ।पछि विस्तारै समय हरु बित्दै जाँदा म आफ्नो मन लाई भुलाउने र बिर्सने कोशिस गरे ।
फूल जस्ता नानी बाबु हरु छोडेर नै जानु थियो भने म सँग सम्बन्ध गास्यौँ किन ?
यदि पराईको अँगालोमा जानु नै थियो भने पहिले मन मुटुमा तास्यौँ किन?
खेलौना जस्तै चरित्र बेच्दै हिड्नु थियो भने अहिले आएर घात गरी जाँच्यौ किन ?
अनि कलिला फूल जस्ता नानी बाबु हरु र बुढो भइसकेको आमा बुवा लाई सम्झिएर र फेरि जीवन जिउने कोशिस गरे।अहिले छ महिना भइसक्यो ।जति मनहरु दुःखे पनि जसोतसो मन मुटुहरु थाम्ने कोशिश गरिरहेको छु।अनि केही महिना पछि नेपाल जाने निर्णय गरेको छु।तर लक डाउन ले गर्दा भने जस्तो समयमा घर फर्किन पनि पाएन ।मान्छेको मनै त हो कतिखेर परिवर्तन हुँदो रहेछ ,थाहा नहुँदो रहेछ ।ठिकै छ आजभोली म तिम्रो विगतका यादहरुलाई सम्झिएर दिनरात कताउँदैछु ।विगतमा जे जस्तो बाचा कसमहरु एकैछिन बर्षात को भेल बगेझैं बगाएर हावा हुरीले लगिदियो ।ती खाएका बाचा कसमहरु हुँदा हुँदै पनि झुठो प्रेममा सावित भएपछि मैले भन्नु केही पनि छैन ।आखिर भाग्यको खेल न हो ।यदि भाग्य मै नभएपछि कसलाई दोष दिनु यहाँ।
तिमी जहाँ छौ जुन अवस्थामा भएपनि सधैँ खुशी रहनु ।त्यो तिम्रो र मेरो मायाको निशानी नानी बाबुहरुलाई कहिल्यै पनि मायाको कमी हुन दिने छैन।सधैँ यो भौतिक ज्यान रहुन्जेल मेरा पूजनीय बाबु आमा र छोराछोरीलाई मेरो आत्मा हृदयदेखि नै माया गरिरहनेछु ।अन्त्यमा तिमी कहिले पनि दुखी नहुनु ।सधैँ सुखी र नयाँ जीवन बिताउने कोशिस गर्नु ।म जस्तो दुःख कष्ट र संकटमा भएपनि , तिमी सधैं पराईको अँगालोमा बाँधिएर बस्नु ।त्यो तिम्रो जीवन साथीले एकदमै माया गर्नेछ ।तिमी हिड्ने बाटोमा कहिले पनि बाधा अड्चन हरु नहोस् ।त्यो तिम्रो नयाँ जीवनले पराईको घरमा सधैँ औंसीको जुन जस्तो र बिहानीको पूर्व क्षितिजको झुल्के घाम जस्तै लागेको होस् ।जिन्दगी यस्तै हो । सम्झना , बिर्सना, तिर्सना क्षणभर मा आउँछ अनी मनको हुरीले बेसरी भक्कानिएर उदाउँछ भन्दै मेरो हृदयको कुनाको मध्य मानसपटल बाट बिदाइको हात हल्लाउँदै तिमी लाई जीवन को लाखौं लाख अन्तिम शुभकामना।
सधैँ बाँचिरहनु ,
जीवन बाँचे देश बाँच्छ,
देश बाँचे जीवन बाँच्दछ,
अनि छोरा नाति र निश्चोतमा यी बितेका पलहरु किन कसरी लेख्यो भनेर अन्यथा नसोच्नु ,यो मेरो बाध्यताका पर्खालहरुलाई टोड्नको लागि मनमा उकुश मुकुश मनन शब्दहरूलाई एकै ठाउँमा जम्मा गरेको मात्र हो । म पनि मलाई छोडी जाने निष्ठुरीे बाट यो अनकन्टार लेखिरहेको २/४ शब्द यही थाती राख्दै मेरो अन्तिम जीवनी बाट ओझेल पर्न चाहन्छु ।
झोर्ले ,जेढो ,
उही - तिम्रो भूपू जीवन साथी सुनिल मगर /सुनछहरि ७ जेल्बाङ्ग रोल्पा ५ नं प्रदेश
हाल - मलेसिया बाट
सम्बन्ध बिग्रिएको केही पछिको समयहरु फोटोमा 👇👇
त्यो दिन देखि अहिलेसम्म यसरी नै जेनतेन जिउने प्रयास गरिरहेको छु ।अब को आउने दिनहरू मा अझै पहिलाको भन्दा राम्रो भनेर देखाउने कोशिश मै जिन्दगी लाई अगाडि बढाउँदै छु । हेर्दै जाउ कहा सम्म लागेर जान्छ यो जिन्दगीले । मर्नु र बाँच्नुको दोसाडमा लिएर अलपत्र परेको लक्ष्य हरु लाइ पुरा गर्ने निरन्तर कोसिस मा पनि लागिरहेको छ । आफ्नो जिन्दगीको मालिक आफै हो दुनिया सँग कुनै सरोकार नराखेर निरन्तर स्वतनत्रतापूर्वक जिन्दगी जिउने कोसिस तिर अगाडि बढ्दै छु । यो फोटो हरु लेख हरु पढी सकेपछि मलाई पागलपनको संज्ञा चाहिँ नदिनु होला जिन्दगीमा कहिलेकाहीं नचाहेर पनि यस्तो हुँदो रहेछ । नचाहेर पा पनि यस्तो अवस्थामा पुग्नु पर्ने रहेछ ।
साथी मेरो बारेमा अझै धेरै कुरा हरु बुझ्न चाहनु हुन्छ भने मलाई यहाँ तल दिएको लिङ्कहरू मा गएर अझ नजिक बाट बुझ्न सक्नुहुनेछ ।
फेसबुक पेज Follow गर्दिनु होला
YouTube link Subscribe गर्दिनु होला
Instagram Link Follow me
Tiktok link Follow गर्दिनु होला

















































really heart touching story
ReplyDeletedherai ramro katha marmik xa
ReplyDelete