[भाग -1 ]
युद्ध मोर्चामा देशका लागि अमर सिपाहीलाई अन्यासै माटोमा मिलायौ किन ?
मुक्तिका लागि खातिर शोषक सामन्तवाद अनि दलालहरुको बिरोधमा
जिन्दगीको कठोर रण मैदानमा लडढा दुनियाँलाई आँसु पिलायौ किन ?
बोलेको र निलेको प्रयासमा त सगरमाथा चुम्छु भन्ने आँट भएपनि वास्तवमा ।
आजको दिनमा नेता मोटाउने र गरिब जनता लाई फालेको ढङ्गुर खिलायौ किन ?
राजतन्त्र र गणतन्त्र खै कता गए स्वयम् लाल रक्षक लाई थाहा छैन
त्यो थोत्रो भाषणमा त स्वीजरल्याण्ड बनाउछु भनेर आज आफै विलायौ किन ?
[ भाग -2 ]
कस्तो अचम्मको जमाना आयो रुपमै ओइली झर्ने अचेल
कस्तो अचम्मको कोरोना रोग आयो विश्व भरी मर्ने अचेल
देशमा महङ्गी र कालो बजारी ले सीमा नाघिसक्यो
गरिब जनताहरूले सधैँ साँझ बिहान हात मुख जोड्नु पर्ने अचेल
कोभिड १९ ले गर्दा बाध्यताले घर भित्रै निस्सासिएर बस्नु पर्ने
यदि गाउँ समाज डुल्दै हिँड्यो भने दुनियालाई सरुवा सर्ने अचेल
सधैँ बन्दले गर्दा शोक भोकले तिर्खाले हामी काकाकुल हुनेछौ
खोला पार खोला वार सिमाले छुट्याउँदा पनि खोली तर्ने अचेल ।
[ भाग -3 ]
द्वन्डकालीन मोर्चाले छेद विच्छेद भएकाे कहाँ गयौ रोल्पा अचेल
नेताहरूले फर्केर हेर्दैनन् हालत के भयौं रोल्पा अचेल
दश बर्षे युद्धले सारा रोल्पाली को काख रितियो सिउँदो पुछियो
जनआन्दोलन र क्रान्ति ले कसैलाई नछोडी मन छोयौ अचेल
सहिदका सपना नै साकार थिएन त्यो इतिहासले नसम्झदा
विगतलाई स्मरण गरेर छातीमा चहराएका घाउ कति रोयौ रोल्पा अचेल
जनता बिचमा लडाउनु सम्म लडाए र काटमार पनि गरे
विजयको लाल झण्डा कहिल्यै फहराएन के पायौ रोल्पा अचेल
लेखक - हेमन्त बुढा मगर
स्थान :- राप्ती पारिको भेरी गंगाको किनारमा
हेमन्त बुढा मगर
मेरो गजल हरु कस्तो लाग्यो कमेन्ट गर्दिनु होला तपाइहरुलाइ मन परेमा सेयर पनि गर्दिनु होला। अझै यस्तै धेरै गजल हरु लिएर आउने छु। तपाइहरुले साथ् सपोर्ट गर्दै गर्नु होला। हेमन्त बुढा मगर रोल्पा



