हेमन्त बुढा मगर गजल भाग -०३
तनमन भावनासँग खेलवाद गर्ने खेल बनाएर गयौ,
मुटु भित्र थुनाएर आफू बाहिर निस्कने मलाई जेल बनाएर गयौ ।

माया दिनु थियौ त केबल सास रहुन्जेल आश मात्र हो ,
अपार जिन्दगीका कोसेली दिँदा पनि झुठो प्रेममा सामेल बनाएर गयौ ।

जिउनु र मर्नुको संघारमा लगेर फसाद गराए पछि ,
निल्नु र ओकल्नु बाहेक कुनै उपाय रहेन मलाई भेल बनाएर गयौ ।

जंघार तर्ने अनौठा सम्झनाहरु अन्यासै लटपतिए पछि ,
दुई पलको जीवन चकनाचुर भयो सधै भरी दौडिरहने रेल बनाएर गयौ ।

हेमन्त बुढा मगर
५ नं प्रदेश