कसको के नै लाग्छ र यदि तिमी सामु म हारे भने
पिरतीमा मौनता र मायामा हरेक मान्छे पागल हुन्छ भन्थे
मलाई ज्यूँदै मरेतुल्य बनाई अन्यौलमा पारी यदि तिमीले माया मारे भने
सपनीमा रजनी भिजाउने कति छन् यो मानसपटलमा
पर्खि बसे नयनले अनकन्टार बाटो भरि यदि अर्कैलाई खोली तारे भने
भन्नेले त भने चोखो माया साँचो यथार्तता हुन्छ भनेर यहाँ
कहाँ कुन दुनियाँमा खोज्न जाउँ यदि अनत बसाई सारे भने ।
हेमन्त बुढा मगर

No comments:
Post a Comment