हिउँको खोल ओढेर सदाझैं हाँस्ने जलजला तिमी ,
अटुट सप्तरङ्गी फूलहरूसँग अजम्बरी बाँच्ने जलजला तिमी ।
निखारिदै जानु तिखारिदै जानु एकपल सम्झनाका लहरहरु
त्यही पहाडलाई आत्मसात गरेर छातीमा टाँस्ने जलजला तिमी
सुन्दर त्यो मनोदृष्य भित्र अनेकौं मौलाएका पुस्पहरुसंग,
हातेमालो गर्दै हजारौं तिर्थ यात्रासँगै मितेरी गाँस्ने जलजला तिमी ।
चिसो सिरेताको बीचमा बरफ जम्ने सेताम्य अटल पहाडहरू
बिहानीको झुल्के घामको किरणमा बुकी जाँच्ने जलजला तिमी
हेमन्त बुढा मगर
सुनछहरी ७ रोल्पा

No comments:
Post a Comment